अध्यादेश फिर्ताबारे सल्लाह गर्दैछौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धीको अध्यादेश फिर्ताबारे सल्लाह गरिरहेको बताएका छन् । संसद् बैठक सकिएर बाहिरिने क्रममा सोमबार प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अध्यादेश फिर्ताबारे प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा कांग्रेस संसदहरूसँग छलफल गरेका थिए ।
संसद् भवनमा अहिले दाहाल, नेपाल र कांग्रेसकी सचेतक पुष्पा भुसाल अध्यादेश फिर्ता सम्बन्धमा छलफल गरिरहेका छन् । सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।
११ असोज २०७८, सोमवार १५:४२ बजे प्रकाशित













