punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा राष्ट्रिय गोजुरियो कराँते दो संघको नयाँ दोजो उद्धघाटन

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको माउन्ट ओलिभ एकेडेमीमा राष्ट्रिय गोजुरियो काराते दो संघको नयाँ दोजो उद्धघाटन गरिएको छ ।

राष्ट्रिय गोजुरियो काराते दो सङ्घ नेपालको सहकार्यमा विद्यार्थीहरू लाई पडाइसँग सँगै स्वास्थ्य जीवनका लागि खेलकुदका गतिविधिमा जोड्न माउन्ट ओलिभ एकेडेमीमा आइतवार देखी नयाँ दोजो उद्धघाटन गरिएको हो ।

विद्यालयमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बिच कराँते दो जोको वडा नम्बर ३ का वडा अध्यक्ष मोहन खत्रीले उद्धघाटन गरेका हुन् ।

माउन्ट ओलिभ एकेडेमीका प्रिन्सिपल मनिष कैनीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा अध्यक्ष खत्री प्रमुख अतिथि रहनुभएको थियो भने राष्ट्रिय गोजुरियो काराते दो सङ्घ नेपालका महासचिव एवम् एसियन कराँतेका रेफ्रि प्रकाश चन्द विशिष्ट अतिथि रहनुभएको थियो ।


३ असोज २०७८, आइतवार २०:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु