भरतमणि बने कमेडी च्याम्पीयन सिजन २ को बिजेता

कमेडी च्याम्पीयन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्।

दर्शकले दिएको भोटका आधारमा उनी च्याम्पीयन बन्न सफल भएका हुन् । ताप्लेजुङका भरतमणि पौडेल यो सिजनका सबैभन्दा चर्चित पात्र थिए।

नेता तथा कलाकारको क्यारिकेचर गर्ने उनी उत्कृष्ट ३ पुग्ने कार्यक्रममा पूर्व युवराज पारस शाहको पात्र निर्वाह गरेर सर्वत्र चर्चामा आएका थिए। उनलाई समसामयिक विषयमा गर्ने हाँस्य व्यंग्य कलाकारको रुपमा चिनिन्छ।

यस्तै सिक्किमका बिक्की अग्रवाल कमेडी च्याम्पियन सिजन २ को दोस्रो बिजेता बनेका छन्। उनले टिभीएसको मोटरसाइकल जितेका छन्। उनले हाँस्यव्यंग्यको क्षेत्रमा नयाँनयाँ प्रयोग गरेका छन्।

उनी क्यारिकेचर गर्दैैनन् तर नयाँनयाँ विधाको प्रयोग गर्ने अग्रवाल पछिल्लो समय उत्कृष्ट ३ को प्रतिस्पर्धामा पेन्डोमाइम गरेर चर्चामा आएका थिए। उनको कन्टेन्टमा तर्क हुने हाँस्य व्यंग्यका विज्ञ बताउँछन्।

यस्तै गोरखाका सन्तोष थापा तेस्रो बनेका छन्। उनले स्कुटर र धेरै गिफ्ट ह्याम्पर जितेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारित यो कार्यक्रमको पहिलो सिजन हिमेश पन्तले जितेका थिए।


३ असोज २०७८, आइतवार ०५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु