punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँचौं दिनमा खुल्यो गौरीगंगा नगरपालिकामा लगाइएको ताला

Chaupati
safha napa

विभिन्न माग राख्दै पाँच दलीय गठबन्धनले कैलालीको गौरीगंगा नगरपालिकामा लगाएको ताला पाँचौं दिनमा खुलेको छ । नगरकार्यपालिकाका सदस्यहरुले यसअघि नगरप्रमुखसहितको उपस्थितिमा गरिएको सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नगरपालिकाको कार्यालयमा लगाइएको ताला शुक्रबार खुलेको हो ।

पाँच दलीय गठबन्धनले धनगरपालिमा अनियमितता भएको र त्यसको छानविन गर्नुपर्ने माग गर्दै भदौ २८ गते नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

समस्या समाधानका लागि छानविन समिति बनाउनुपर्ने मागका विषयमा नगरप्रमुख भीमबहादुर देउवाले कुनै चाँसो नदिएको भन्दै तालाबन्दी लम्बिएको नेपाली काँग्रेसका नेता दिनेश जोशीले बताए । उनले अहिले नगरकार्यपालिका सदस्यले यसअघि गरिएका सहमती कार्यान्वयन गराउने प्रतिबद्धता जनाएपछि ताला खोलिएको बताए ।

नगरपालिकामा लगाइएको ताला नखुलेपछि नगरप्रमुख भीमबहादुर देउवालाई सहमतीमा ल्याएर यसअघि गरिएका सहमती कार्यान्वयन गर्ने प्रतिबद्धतासहित गठनबन्धन दहरुले ताला खोलेको कार्यपालिका सदस्य भक्त विश्वकर्माले बताए ।

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को नदीजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको विषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुने गरी सात सदस्यीय छानबिन समिति यही असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाइएको उनले बताए ।

यसअघि शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै नगरप्रमुख देउवाले समानन्य कुरामा गठबन्धन दलहरुले पाँच दिनसम्म नगरपालिकामा तालाबन्दी गरेर नागरिकका काममा अवरोध सृजना गरेको आरोप लगाएका थिए ।


१ असोज २०७८, शुक्रवार २१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु