punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावल र लेखराज भट्टलाई आगामी निर्वाचनमा देखाउँछौं : दीर्घ सोडारी

रावलले षड्यन्त्र रचेको आरोप

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले अब आगामी निर्वाचनमा देखाइदिने चेतावनी दिएका छन् । जिल्लाको गोदावरी नगरपालिकाको प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेता सोडारीले यस्तो चेतावनी दिएका हुन् ।

सम्बोधनका क्रममा रावलप्रति आक्रोशित देखिएका नेता सोडारीले रावललाई षड्यन्त्रकारीको संज्ञासमेत दिए । उनले आउँदो निर्वाचनमा रावल र भट्ट दुबैको क्षेत्रबाट आफ्नो पार्टीले जित हात पार्ने बताए । ‘हिजो ओलीलाई देखाइदिन्छौं भन्दै पथिए, आज खुट्टा कमाएर त्यही ओलीको टाङमुनि छिरेका छन्,’ रावलप्रति कटाक्ष गर्दै साडारीले भने, ‘यो सबै उनको षडयन्त्र थियो ।’ १० बुँदे सहमतीका नाममा रावललगायतका १० जना नेताहरुले षडयन्त्र रचेको उनले आरोप लगाए ।

उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएकोसमेत बताए । ‘संसद् विघटनका बेला हामीसँग आउँदा रावललाई सबैले शक्तिशाली भएको ठानेका थिए,’ उनले भने, ‘त्यो सत्य थिएन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिसकेको छ ।’

रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने, ‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’ साथै उनले रावललाई नेकपा (एस)मा आए फेरि नेता मान्न तयार भएकोसमेत बताए ।

प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्रीसमेत रहेका सोडारीले सुदूरपश्चिममा आफूलाई ठूला ठान्ने दुबै नेता अहिले एकै ठाउँमा रहेर पदका लागि झगडा गरिरहेको उनले बताए । ‘ओली पक्षीय नेता कार्यकर्ताले लेखराज भट्टलाई इन्चार्ज भनिरहेका छन्,’ उनले भने, ‘तर भीम रावल आफूनै संयोजक हुँ भनिरहेका छन् । अब ठूला हुँ भन्नेका दिन गए ।’

माओवादीबाट एमालेमा गएका भट्टसमेत एक्लिएको भन्दै उनले आगामी निर्वाचनमा उनकै क्षेत्रमा जितेर देखाउने चुनौती दिए । ‘भट्ट एमालेमा गएपछि एक्लिसके,’ उनले भने, ‘भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन् । यो क्षेत्रमा हामी चुनाव जितेर देखाउँछौं ।’

यसअघि गोदावरी निर्वाचन क्षेत्रमा माओबादी केन्द्रबाट लेखराज भट्टले प्रतिनिधिसभा र कृष्णराज सुबेदीले प्रदेश सभामा जिते थिए । अहिले दुबै जना एमालेमै छन् ।


३१ भदौ २०७८, बिहीवार १८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु