punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

४४ लाख डोज कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै

Chaupati
safha napa

कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी–३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।

उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा। सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो।

प्रमुख दाहालले अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आउने र थप खोप पनि ल्याउन कुराकानी भइरहेको बताए।

अहिलेलाई ४४ लाख डोज आउँछ। थप खोप ल्याउनलाई कुराकानी भइरहेको छ। कसैले दिन्छौं भनेर भनिसकेको छैन। त्यसैले टुंगो नभई के भन्नु,ु उनले भने।


३१ भदौ २०७८, बिहीवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु