Hotel Flora Long Ad

नेकपा (एस) सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक चयन

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विकलाई चयन गरिएको छ । संसदीय दलको विहीबार बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।

अछामबाट एमालेबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी विक यसअघि नेकपा एमालेमा हुँदा पनि पनि प्रमुख सचेतक थिइन् ।

नेकपा (एस)ले बुधबार मात्रै संदस्य दलको नेता दीघ सोडारीलाई चयन गरेको थियो । नेकपा (एस) सुदूरपश्चिममा प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।


३१ भदौ २०७८, बिहीवार १९:४६ बजे प्रकाशित

chure ga.pa.
Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु