punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले किन १२ खेलाडीलाई मैदान उतार्‍यो?

Chaupati
safha napa

नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार दशरथ रंगशालाामा डेब्यू म्याच खेल्दै मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हरायो ।

दुई डेब्यूटान्ट खेलाडी सबिता राना मगर र प्रिती राईले डेब्यू गोल गर्दै तीजको दिन नेपालीहरुलाई खुशी दिलाए । तर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनुअघि भएको एउटा घटना भने चर्चाको विषय बन्यो ।

नेपालले राष्ट्रिय गानको समयमा मैदानमा ११ खेलाडीको सट्टा १२ खेलाडीलाई उतारेको थियो । सुरुमा बंगलादेशको राष्ट्रिय गान बज्यो । त्यसपछि नेपालको राष्ट्रिय गानको धुन बज्यो । त्यो सकिएपछि नेपाली टिमकी एक सदस्य पुनम जर्घा मगर टिमलाई छाड्द मैदान बाहिरिइन् ।

खासमा टिम लिस्टमा उनी प्लेइङ सेटमा थिइनन् । उनलाई ‘एन’ अर्थान नन प्लेइङमा राखिएको थियो । नेपालका लागि यसअघि नियमित खेल्दै आएकी पुनमले बिहीबार बंगलादेशविरुद्ध खेल्न पाइनन् ।

खासमा यो भुलवश वा गल्तीले गर्दा भएको होइन । पुनमको स्वास्थ्य अवस्थाका कारण उनले फेरि खेल्ने वा नखेल्ने नै अनिश्चित रहेको अवस्थामा सम्मानका लागि राष्ट्रिय गानको समयमा मैदान प्रवेश गराइएको थियो ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले पनि पुनमलाई सम्मानका लागि मैदान पठाइएको बताए । कोचिङ स्टाफले पुनमको स्वास्थ्य अवस्था खेल्न लायक नरहेकोले उनलाई सम्मानका लागि मैदान पठाएको थियो ।

‘उनले फेरि खेल्ने सम्भावना कम छ । हामी उनको अन्तिम मेडिकल रिपोर्ट पर्खिरहेका छौँ । यो नै उनको अन्तिम म्याच हुन सक्ने भएकोले पनि हामीले सम्मानका लागि उनलाई टिमसंगै मैदान पठाउएका हौँ ।’ रंगशालाामा आफ्नो पनि डेब्यू जितपछि ग्यारीले भने ।


२५ भदौ २०७८, शुक्रवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु