punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवनियुक्त प्रधानसेनापति शर्माले सम्हाले कार्यभार

Chaupati
safha napa

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार भद्रकालीस्थित जंगी अड्डा पुगेर कार्यभार सम्हालेका छन्।

बिहीबार बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनी जंगी अड्डा पुगेर कार्यभार सम्हालेका हुन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको ४४ औं प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा ९२० बमोजिम राष्ट्रपति एवं परमाधिपति श्रीमती विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।

सपथअघि राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह लगाइदिएकी थिइन्।समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई ११ भदौमा प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन्।बिहीबारदेखि सुरु भएको शर्माको कार्यकाल तीन वर्ष रहनेछ। लमजुङका शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने पहिलो सैनिक अधिकारी हुन्।


२४ भदौ २०७८, बिहीवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु