punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद बस्नुअघि सिंहदरबारमा सत्तारूढ गठबन्धनको बैठक

Chaupati
safha napa

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।संघीय संसदको बैठक बस्नुअघि बुधबार दिउँसो तीन बजे सिंहदरबारमा गठबन्धनको बैठक बस्न लागेको स्रोतले जानकारी दियो।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। पछिल्लो समय सरकारले अध्यादेश ल्याएपछि बनेका दुई दलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

नयाँ पार्टी गठन गर्नुअघि नै माधवकुमार नेपाल सत्तारूढ गठबन्धनमा थिए। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भएकाले उनी प्रायस् गठबन्धनका बैठकमा उपस्थित हुँदैन थिए।

नेपालको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) दर्ता भइसकेको छ भने उनी संसदीय दलको नेता चयन भइसकेका छन्।आजै नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित एमालेले कारबाही सिफारिस गरेका सांसद आए संसद बैठक चल्न नदिने बताएका छन्।

संसद सहज रूपमा चलाउन, अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा बनाउनका लागि गठबन्धनको बैठक बस्न लागेको हो।

गठबन्धनमा रहेका केही नेताहरू एमसिसी पारित गर्न नहुने पक्षमा छन्। पछिल्लो समय राष्ट्रिय राजनीतिमा निकै चर्चामा रहेको एमसिसीबारे गठबन्धनले के निर्णय गर्छ भन्ने चासोका साथ हेरिएको छ।

यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका थिए।


२३ भदौ २०७८, बुधवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु