punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्तमा घरबाटै कर तिर्न सकिने

Chaupati
safha napa

नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ। नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो। नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको जानकारी दिए।

“भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्”, सूचना अधिकृत भट्टले भने, “साथै करदाताले व्यक्तिगत, सम्पत्ति, कर तिर्नुपर्ने तथा कर तिरेकोलगायतको विवरण कर अनलाइन पोर्टलमा हेर्नसमेत सक्ने सुविधा थपिएको छ।”

सफ्टवेयरमा करदाताको रुपमा दर्ता भएपछि निजको आधिकारिक आठ अङ्कको करदाता सङ्केत नम्बर प्राप्त हुन्छ। त्यसपछि कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्नसक्ने नगरपालिकाले जनाएको छ। अनलाइन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षमा रु २३ करोड ३१ लाख ७२ हजार ७०० आन्तरिक आय (राजस्व) सङ्कलन गरेको छ। नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यहाँ राजस्व सङ्कलनको दायरा बढ्दै गइरहेको छ।

नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवन धमाधम निर्माण गरेपछि सेवाग्राहीलाई सहज भएको छ। नगरपालिकाले जैविक, शुक्लाफाँटा पर्यटन मार्गलगायतका आफ्नै लगानीमा सडक निर्माण गरेपछि ग्रामीण स्तरसम्म यसको सञ्जाल विस्तार गरेको छ।रासस


२२ भदौ २०७८, मंगलवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु