punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट

Chaupati
safha napa

पपुवा न्युगिनीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे ।

जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन् ।नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

 


२२ भदौ २०७८, मंगलवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु