punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ । २०७४ मंसिरमा सम्पन्न प्रदेसभाको निर्वाचनका क्रममा ४ दल (नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व रहेको थियो । एमाले र माओबादी केन्द्र मिलर नेकपा बनेसंगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ३ मात्रै थियो ।

सर्बोच्च अदालतले नेकपा खारेज गरेसंगै फेरी ४ दलको प्रतिनिधित्व रहेको प्रदेससभामा एमाले र जसपा फुटे पछि दलको संख्या ६ पुगेको हो । हाल सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकिकृत समाजबादी पार्टी, नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजबादी पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको प्रतिनिधित्व रहेको छ ।

५२ सदस्यिय प्रदेसभामा नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका १० तथा जसपा र लोसपाका १÷१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

एमालेबाट निर्वाचित अर्जुन बहादुर सिंह सभामुख रहेका छन्, भने माओबादी बाट एमालेमा प्रबेश गरेका पुर्व अर्थमन्त्री झपड बोहरा कारवाहीमा परेका छन् ।

 


२२ भदौ २०७८, मंगलवार १४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु