punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने अमेरिकी सेनाको चेतावनी

Chaupati
safha napa

अमेरिकी सेनाका जनरल मार्क मिलीले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् । शनिबार जर्मनीको रेमस्टेनमा फक्स न्युजसँगको एक विशेष साक्षात्कारमा उनले अफगानिस्तानको अहिलेको परिस्थितिको विषयमा अमेरिकाको नीतिबारे स्पष्ट पारेका हुन् ।

अमेरिकी जनरल मिलीले अन्तर्वाताको क्रममा अमेरिकी सेना पूर्णरुपमा फिर्ता आएपछि अब अमेरिका सुरक्षित रहेको वा नरहेको भनेर अहिले नै भन्न नसकिने बर्ताका छन् । उनले अहिले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘जहाँसम्म मेरो सैन्य अनुमान छ, अफगानिस्तानमा गृहयुद्धको अवस्था आउन सक्छ । मलाई तालिबान सत्तालाई बलियो बनाउन र शासन स्थापित गर्ने काममा सक्षम छ वा छैन भन्ने थाहा छैन ।’

मिलीले अफगानिस्तानमा आतंकवादी संगठनको विस्तार हुने वा पुनर्गठन हुने चिन्ता पनि व्यक्त गरेका छन् । चरमपन्थी संगठनहरुले अफगानिस्तानको अव्यवस्था र अस्थिरताको फाइदा उठाउन सक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘तपाईँ अबको केही महिना वा वर्षमा सामान्य क्षेत्रबाट आतंकवादी संगठनको पुनरुत्थान भएको देख्न सक्नुहुन्छ ।’

यसैबीच अफगानिस्तानको काबुलमा महिलाले तालिबानको शासनकालमा महिला अधिकारको रक्षा हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।


२० भदौ २०७८, आइतवार १३:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु