punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्थ डे केक खाएका १३ जना बिरामी

Chaupati
safha napa

प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा जन्मदिन मनाउन ल्याइएको केक खाँदा १३ जना बिरामी परेका छन् ।

स्थानीय ६९ वर्षीय एकबहादुर गुरुङको जन्मदिनमा ल्याइएको केक खाएका १३ जना बिरामी भएपछि उनको परिवार बिक्रेताविरूद्व उजुरी दिने तयारीमा छ ।

बिरामी पर्नेमा एकबहादुर गुरुङ उनकी श्रीमती कुमारी गुरूङ, छोरा गमान सिंह गुरूङसहित विष्णु गुरूङ, राजकुमार विष्ट, शर्मिला गुरूङ, ठगबहादुर गुरूङ, विजय गुरूङ, यमुना गुरूङ, केशव गुरूङ, कृष्णा गुरूङ, तिर्सना गुरूङ र अप्सना गुरूङ रहेको स्थानीय राजकुमार गुरुङले बताए ।

केक खाएको भोलिपल्ट झाडापखाला र वान्ता हुने तथा टाउको दुखेपछि सबैलाई स्थानीय मेडिकलमा भर्ना गरिएको थियो ।

बिरामी परेकामध्ये १२ जनालाई अस्पतालले चार दिनपछि डिस्चार्ज गरेको गुरुङले बताए । कुमारी गुरूङको भने बुटवलस्थित तिलोत्तमा अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङका अनुसार यो घटना भदौ १५ गतेको हो । केक खाएका सबैलाई खाद्य विषाक्त भएको अस्पतालले जनाएको छ । केक विक्रेताविरुद्व प्रहरीमा उजुरी दिने तयारी रहेको पीडितले बताए ।

 


२० भदौ २०७८, आइतवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु