Hotel Flora Long Ad

युवा नेतृृत्वमा आइरहँदा अछाममा ८० वर्षीय बृद्ध बने वडासभापति

नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत अहिले वडाको अधिवेशन चलिरहेको छ । यसैक्रममा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर २ को सभापतिमा १९ वर्षीया स्वस्तिका महत वडासभापति चयन भएको समाचारले चर्चा पाइरहेका बेला अछाममा भने ८० वर्षीय बृद्ध महाबिर कुँवर वडासभापति चयन भएका छन् ।

जिल्लाको चौरपार्टी गाउँपालिका वडा नम्बर ५ लुंग्राको सभापतिमा कुँवर सर्वसम्मत चयन भएका हुन् । वडामा पार्टीले उनलाई सर्वसम्मत सभापति चयन गरेपनि सोही वडाका केही युवाहरुले भने विरोध जनाएका छन् ।

सर्वत्र युवाहरु नेतृत्वमा आइरहँदा बृद्धलाई वडासभापतिको जिम्मेवारी दिइएको भन्दै सामाजिक सञ्चाललगायतमा पार्टीको निर्णयको युवाहरुले विरोध गरिरहेका हुन् ।

अर्कोतर्फ अछाममै पहिलो पटक कम उमेरकि महिला सभापति बनेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ११ को सभापतिमा सोही वडाको खिमाडा कि २२ वर्षीया जानकी रावल (भण्डारी) निर्वाचित भएकी हुन् ।

जानकी रावल (भण्डारी)

१९ भदौ २०७८, शनिवार १९:३९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु