साढे ३ किलो गाँजासहित एक पक्राउ
विराटनगरमा एक पुरुष लगभग साढे ३ किलो गाँजासहित पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–११ जनपथ मार्गमा नास्ता पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय भीम कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
कामतले घरको कोठा र गाईको गोठमा भुसले छोपेर बोरामा प्याक गर्दै राखेको अवस्थामा ३ किलो ४ सय ८० ग्राम गाँजा बरामद भएको उनले बताए ।
प्रहरीका अनुसार कामत गाँजा कारोबारी भएको खुलेको छ । पहाडी जिल्लाबाट ल्याएको गाँजा प्याकेट बनाएर बिक्री गर्ने गरेको पाइएको डीएसपी श्रेष्ठले बताए ।
गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको थियो । गाँजासहित पक्राउ परेका कामतमाथि अनुसन्धान थालिएको श्रेष्ठको भनाइ छ ।
१९ भदौ २०७८, शनिवार १३:११ बजे प्रकाशित






























