punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कांग्रेसको वडा अधिवेशन ४ जिल्लामा

Chaupati
safha napa

सुदूरपश्चिमका ९ जिल्लामध्ये कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशन सुरु भएको छ । कञ्चनपुर, डोटी र अछामका सबै वडामध्ये अधिकांशमा सर्वसम्मत र कुनै वडामा केही पदमा निर्वाचन भएको छ । बझाङमा शुक्रबार ९४ मध्ये ७० वडाको अधिवेशन भएको छ ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरासहित कैलाली, बाजुरा, बैतडी र दार्चुलामा पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार वडा अधिवेशन सुरु हुन सकेन । ती जिल्लाका कांग्रेसका अनुसार क्रियाशील सदस्यहरूको विवरण प्राप्त हुन नसकेर तयारी पूरा नभएका कारण अधिवेशनको मिति सारिएको छ ।

बैतडीमा भदौ २१ गते, दार्चुलामा २२ गते, कैलालीमा २४ वा २५ गते, बाजुरामा २२ गते वडा अधिवेशन हुने कार्यक्रम छ । डडेलधुरामा अझै निश्चित हुन सकेको छैन । डडेलधुरामा क्रियाशील सदस्यताको विवरण नै प्राप्त हुन सकेको छैन । दार्चुलामा भने बाढीपहिरोका कारण विभिन्न वडाको जनजीवन प्रभावित भएकाले अधिवेशन सारिएको हो ।

सुदूरपश्चिमका ८८ स्थानीय तहका वडाहरूमा वडा कार्यसमितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरूको अधिवेशनबाट छनोट हुने कार्यक्रमअन्तर्गत शुक्रबारदेखि अधिवेशन सुरु भएको हो ।


१९ भदौ २०७८, शनिवार १३:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु