punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोलाले बगाएर बेपत्ता भएका युवको शव भेटियो

Chaupati
safha napa

खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामीको शव भेटिएको छ।

आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए। उनको शव दिउँसो करिब १ किलोमिटर तल भेटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

प्रकाशको शव खोलाको बीच भागमा अड्किएको अवस्थामा फेला परेको हो। यस्तै मलामी गएका नरेन्द्र सिंह धामी, वीरेन्द्र सिंह धामी र नन्द धामीलाई पनि बिहान खोलाले बगाएको थियो।

उनीहरुको मलामी गएकाहरुले सकुशल उद्धार गरेका थिए। लगातारको वर्षाका कारण खोलामा एक्कासी पानीको सतह बढेर उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ।


१४ भदौ २०७८, सोमवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु