punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विभाजनपछिको दल रोज्न भदौ २२ सम्मको समयसीमा, क–कस्ले पाउँछन् ?

Chaupati
safha napa

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न भदौ २२ गतेसम्मको समयसीमा दिएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन्।

दल विभाजनसम्बन्धी अध्यादेश अनुसार उनीहरुलाई दल रोज्ने समयसीमा दिइएको हो। अध्ययादेश अनुसार दल विभाजनको २१ दिनभित्र दल रोज्न पाउने सुविधा छ।

नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ गतेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ।

 


१३ भदौ २०७८, आइतवार १७:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु