१० वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ
बालिका बलात्कार आरोपमा कञ्चनपुरमा एक किशोर पक्राउ परेका छन् । बलात्कार आरोपमा जिल्लाको लालझाडी गाउँपालिका–४ जाँईका १६ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकालाई किशोरले जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
१३ भदौ २०७८, आइतवार १६:२९ बजे प्रकाशित































