घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा संक्रमित भन्दा डिस्चार्ज हुने दोब्बर
नेपालमा कोरोना संक्रमण विस्तारै घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८८ संक्रमित थपिएका छन् । १० हजार २९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा देशभरबाट दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टि भएको छ ।
१३ भदौ २०७८, आइतवार १७:२२ बजे प्रकाशित






























