काबुल विमानस्थलमा आज फेरि आक्रमण हुने सम्भावना छः बाइडेन
अमेरिकाका राष्ट्रपति जो बाइडेनले आज ९आइतबार० काबुल विमानस्थलमा हमला हुन सक्ने चेतावनी दिएका छन्।
बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले आफूलाई अमेरिकी कमान्डरहरूले आइतबार काबुल विमानस्थलमा आक्रमण हुन सक्ने जानकारी दिएको बताएका हुन्।
अमेरिकी विदेश मन्त्रालयले काबुल विमानस्थलमा आज हमलाको सम्भावना रहेको भन्दै आफ्ना नागरिकलाई विमानस्थलभन्दा टाढा रहन आग्रह गरेको छ।
यसअघि बिहीबार साँझ काबुल विमानस्थल नजिक भएको बम विस्फोटमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भयो भने हजार जनाभन्दा बढी घाइते भएका छन्।
यसमा २ जना बेलायती नागरिक पनि छन् भने बाँकी अफगान नागरिक हुन्।
आफ्ना सैनिक मारिएपछि रुष्ट बनेको अमेरिकाले अफगानिस्तानमा शुक्रबार राति ड्रोन आक्रमण गरी काबुल विस्फोटका योनजाकार मारेको दाबी गरेको छ।
१३ भदौ २०७८, आइतवार ०९:४९ बजे प्रकाशित






























