punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्।प्रधानमन्त्री भएको एक महिनाभन्दा लामो समयपछि देउवाले भानुलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा नियुक्त गरेका हुन्।

देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए। असार २९ मा प्रधानमन्त्री भएका देउवाले एक महिना पूरा गरेपछि बल्ल सचिवालय निर्माण थालेका हुन्।

देउवाले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। प्रधानमन्त्री देउवाको सचिवालयमा अघिल्लै कार्यकालका सदस्यहरुले काम गरिरहे पनि सबैले औपचारिक रुपमा जिम्मेवारी पाइसकेका छैनन्।

देउवाले असार २९ मा पाँच सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। त्यसपछि साउन १० मा देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए यता क्याबिनेट विस्तार गर्न सकेका छैनन्।


५ भदौ २०७८, शनिवार १९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु