punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

Chaupati
safha napa

धनगढी बजारको मुख्य सडक खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गएको छ । धनगढी उप–महानगरपालिकाको ट्राफिक चौराहा देखि क्याम्पस रोड सम्मको मुख्य सडक खाल्डाखुल्डीले जीर्ण बन्दै गएको हो ।

करिब एक बर्ष अगाडी मुख्य सडकमा परेका खाल्डाखुल्डी पुरिएका थिए ।तर एक बर्ष नपुग्दै फेरि सडकका बिच भागमा खाल्डाखुल्डी पर्न थालेका हुन । सडक जीर्ण भन्दै गएपछि पैदल यात्रु र सवारी साधन चलाउने लाई समस्या हुन थालेको हो ।

सोही अवस्थालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय र धनगढी उपमहानगरपालिकाको सहयोगमा धनगढी बजार क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्न थालिएको छ ।

आजको आवश्यकता, सुरक्षित यात्राको बनोट, दुर्घटनान्युनिकरण, ट्राफिक प्रहरीको अठोटुु भन्ने मुल नारालाई आत्मसात गर्दै सडकका खाल्डाखुल्डी पुर्दै सवारी आवागमनमा सहजता ल्याउने काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सडकका खाल्डाखुल्डी परिएपछि सडक दुर्घटना न्युनिकरण सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर धनगढी बजारको कुनै एक ठाउँमा मात्रै खाल्डाखुल्डी पुरेर समस्या समाधान नहुने सवारी साधन चालकहरुले बताएका छन ।

सडकमा परेका खाल्डाखुल्डीले सबैभन्दा बढी अटो रिक्सा, मोटरसाईकल, साईकल र पैदल यात्रुहरुले हैरानी खेपिरहेका छन । उनीहरुले धनगढी बजार क्षेत्रको मुख्य सडकका सबै खाल्डाखुल्डी पुरिनु पर्ने माग गरेका छन ।


५ भदौ २०७८, शनिवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु