अन्ततः फुट्यो एमाले, माधव नेपालद्वारा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन
नेकपा एमाले अन्ततः विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
बुधबार निर्वाचन आयोग पुगी दल दर्ता गर्न निवेदन दिएको मेटमणि चौधरीले जानकारी दिए । एमाले (समाजवादी) ले चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ ।
एमालेमा देखिएका विवादले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहले छुट्टाछुट्टै गतिविधि गर्दै आएका थिए । पार्टी एकताका लागि थुप्रै प्रयासहरु भएपनि सफल भएन ।
२ भदौ २०७८, बुधवार १६:३० बजे प्रकाशित































