punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा चोरी गरेर ल्याएको एक किलो सुन र पैसा मुम्बई पठाएको प्रहरीको दाबी

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेबाट काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । २०७७ माघ १४ मा पैसाबारे अनुसन्धान गर्दा कालीले बयान दिइन्–‘सुन घरमा राखेको छु ।’ सो सुन र पैसा भारतबाट चोरेर ल्याएको सुराक भारतीय प्रहरीले पत्राचार गरेर त्यसअघि नै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई गराएको थियो ।

काली त्यसदिन पैसा शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ जाँदै थिइन् । कालीको बयानका आधारमा केआई सिंह गाउँपालिका–६ स्थित उनको घरमा खानतलासी गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको भेटियो । रकम र सुन दुवै प्रहरीले बरामद ग¥यो ।

५८ वर्षीया काली भुलको साथबाट बरामद सुन र पैसा डोटी प्रहरीले पत्रसहित प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । सो सामान भारतको मुम्बई घर भएका रवीन्द्र मुरलीधर इमान्दारको घरबाट काली भुलका आफन्तले चोरेर नेपाल पठाएका थिए ।

बरामदपछि सो सामान रवीन्द्र मुरलीधरले नपाएकोबारे संचार माध्यममा समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेश विज्ञप्ती प्रकाशन गरेर सुन र पैसा ‘मुम्बई पठाएको’ जानकारी दिएको छ ।

‘परराष्ट्र मन्त्रालय र इन्टरपोल भारतको समन्वयमा सो सामान मुम्बई प्रहरीलाई जिम्मा लगाएका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले भने–‘काली भुलको आफन्तले उताबाट चोरेर नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ, त्यसबारे मुम्बई प्रहरीले मुद्दा चलाएको हुनाले प्रमाणको रुपमा सुन र पैसा मुम्बई प्रहरीलाई जिम्मा लगाएको छ।’

घरको सुन र नगद गरी ८२ लाख रुपैयाँ बराबरको चोरी भएको भन्दै भारतको मुम्बईका रवीन्द्र मुरलीधर इमान्दारले २०७७ असोज १८ (४ अक्टोबर २०२०) मा महाराष्ट्रको खण्डेश्वर थानामा किटानी जाहेरी दिएका थिए ।

उजुरीपछि इन्टरपोलमार्फत भारतिय प्रहरीले नेपाल प्रहरीलाई खोजतलासका लागी खबर गरेको थियो । अनुसन्धानबाट खुलेपछि १ सय ग्रामका ७ थान र दुई सय ग्रामका दुई थान गरी एक हजार एक सय ग्राम सुन प्रहरीले बरामद गर्यो ।

बरामद सुन जनप्रतिनिधि समेतको रोहवरमा डोटी प्रहरीले मुचुल्का गरेर प्रहरी प्रधान कार्यालयमा पठाएको थियो । डोटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) इन्द्रबहादुर मल्लले ०७७ फागुन २४ मा काठमाडौं ल्याएर सुन बुझाएको तर, सो सुन भारतमा नपुगेको भन्दै स्थानीय संचारमाध्यमले प्रश्न उठाएका थिए ।


२ भदौ २०७८, बुधवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु