मोहन्याल–चौकुने जोड्ने झोलुङ्गे पुल निर्माणका लागी तेस्रो पटक सर्भे
कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने झुलुङ्गेपुल बन्ने भएको छ । गत साउन १७ गते ९ जना सवार डुङ्गा दुर्घटना पछि सबैको ध्यान यस क्षेत्रमा केन्द्रित मात्र भएको छैन पुल निर्माणको योजना समेत अघि सारिएको छ ।
जस अन्तर्गत पुल सर्भेको काम सकेर टोली फिर्ता गइसकेको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवीन गिरीले जानकारी दिएका छन् । उसो त वडा अध्यक्ष गिरीका अनुसार सोही ठाउँमा यस अघि पनि दुई पटक पुलको सर्भे भइसकेको छ । संघीय सरकार मार्फत यही पुलका लागि यो सहित ३ पटक सर्भे भई सक्यो । उनले भने,।।। सर्भे हुने तर पुल नबन्ने समस्या छ । हेरौँ यो पटक बन्छ कि १ू
यता सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य झापटबहादुर रावलले भने यस अघिका सर्भेका विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । सम्बन्धी निकायमा त्यसबारेका केही पनि रिपोर्ट फेला नपरेकाले पुनस् सर्भेटोलि खटाएको बताउँदै सांसद रावलले सिपिआर बने लगत्तै पुल निर्माणको काम सुरु हुने दाबी गरेका छन् ।
हालको समस्या समाधानका लागि झोलुङ्गे पुल निर्माण हुने हो । उनले भने,।त्यस क्षेत्रका नगरिकलाइ सामान्य सेवा लिन अर्को जिल्ला जानु नपर्ने गरि आवश्यक सबै सेवा बिस्तारमा समेत जोड दिन्छौ ।ू
भौगोलिक बिकटताका कारण मोहन्याल गाउँपालिका ३ रागामलेखाका स्थानीयहरू स्वास्थ्य तथा अन्य सेवाहरू लिन हाल पनि सुर्खेत जाने गरेका छन् । सोही क्रममा गत साउन १७ गते गर्भवती जाँच तथा बालबालिकालाई खोप लगाउन रागामलेखाबाट सुर्खेतको भुडेभावर हिडेकाहरुको कर्णाली नदिमा डुङ्गा दुर्घटना हुँदा १ बालक सहित ४ जनाको ज्यान गएको थियो ।
ती मध्ये एक बालक र एक गर्भवती महिलाको अवस्था अझै पनि अज्ञात छ । सुर्खेत जान रागामलेखाबाट करिब ३ किलोमिटर को दुरीमा पुल बनेको भएपनी सहजताका लागि स्थानीयहरूले नदिमा डुङ्गाको प्रयोग गर्दै आएका छन् ।
३० साउन २०७८, शनिवार १८:५२ बजे प्रकाशित






























