धनगढीमा लिटल फ्लावर प्रीमियर लिग छैैठौ तयारी सुरु
धनगढीमा हुने लिटल फ्लावर प्रीमियर लिग छैैठौ (विद्यालय स्तरीय यु–१९ टी–२० क्रीकेट प्रतियोगिता २०७८)को तयारी सुरु भएकोे आयोजकले जनाएको छ । तयारी सुरु भए संगै प्रतियोगिताको एजुकेशन पनर्टनर प्रायोजकको टुङ्गो लागेको छ ।
प्रतियोगितामा एजुकेशन पार्टनरको रुपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल प्रतियोगितामा जोडीएको हो ।
स्कुल क्रीकेट तथा लिटल फ्लावर प्रीमियर लिगलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा एजुकेसन पार्टनर भै सहयोग गरेको कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलालीका संस्थापक एम.डी. माधव थापा बुढामगरले बताए ।
३० साउन २०७८, शनिवार १९:०२ बजे प्रकाशित






























