punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व मन्त्री रानाले भने : परमादेश सरकार मूकदर्शक भयो

Chaupati
safha napa

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री नारद मुनी रानाले संघीय सरकारलाई परमादेश सरकारको संज्ञा दिदै जनताको पीडामा मुख दर्शक भएको बताएका छन्।आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै रानाले भारतीय सीमा सुरक्षा वलले तुइन फुकाएर जय सिह धामी महाकाली नदीमा बेपत्ता हुँदा पनि सरकार मुख दर्शक भएको आरोप लगाएका हुन् ।

‘जय सिह धामीको हत्या हुँदा पनि सरकार किन मुख दर्शक भएको’ उनले भनेका थिए ‘धन्य हो मेरो परमादेश सरकार ।’उनले वर्तमान सरकार जनजीविकाको सवाल लगायत देशको शान्ति सुरक्षाको सवालमा चुकेको बताए । उनले स्वास्थ्य सामाग्री वितरणको नाममा अमेरिकी सेना जिल्ला जिल्लामा पुगेको घटनामा समेत सरकार गम्भीर नभएको आरोप लगाए ।

‘सहयोगको नाममा अमेरिकी सेना जिल्ला जिल्लामा पुग्नु र सरकार यसरी बेखबर किन भएको’ उनले सोधे ।सांसद रानाले मेलम्ची आयोजना फुट्दा सरकारको चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे । अघिल्लो सरकारले ल्याएको खोप बितरण गरेको भन्दै वर्तमान सरकारले ती खोप समेत पारदर्शी ढङ्गबाट बितरण नगरेको बताए ।

उनले भने, ‘अघिल्लो सरकारले ल्याइदिएको खोप घरघरमा थुपारेको भेटिन्छ, कहाँ व्यस्त छ सरकार ?’भूमिहीन लाई भूमि दिने आयोग खारेज गरेको भन्दै वर्तमान सरकारबाट नागरिकले अपेक्षा गर्न ठाउँ नरहेको समेत उनले भनाइ थियो ।


२९ साउन २०७८, शुक्रवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु