punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सांसद बडुको माग

Chaupati
safha napa

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा एसएसबीले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले पीडित परिवारलाई क्षतिपूर्ति दिन, झोलुंगे पुल तत्काल निर्माण सम्पन्न गर्न र त्यसमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्न पनि माग गरे।

‘भविष्यमा त्यहाँका जनताले ज्यान जोखिममा पारेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। दार्चुला–तिंकर सडक खण्ड र महाकाली लोकमार्गलाई तत्काल अघि बढाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

साउन १५ गते तुइनबाट महाकाली तर्ने क्रममा दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। उनको अवस्था अहिले पनि अज्ञात छ। तुइन तरिरहेका बेला एसएसबीले डोरी काटिदिएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको अध्ययनका लागि भन्दै गृह मन्त्रालयले समिति गठन गरेको थियो। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। तर समितिले अध्ययन पूरा नभएको भन्दै थप १० दिनको समय माग गरेको थियो।

तर गृहले ७ दिनको म्याद थपिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन्। समितिले अहिले पनि घटनास्थल आसपासका क्षेत्रमा अध्ययन गरिरहेको छ।


२९ साउन २०७८, शुक्रवार १४:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु