धनगढीमा एसएनएस मार्ट तथा क्याफे सञ्चालनमा
धनगढीमा एसएनएस मार्ट तथा एसएनएस क्याफे शुक्रवारदेखि सञ्चालनमा आएको छ। धनगढीको अस्पताल लाईनमा बिगत ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोको कम्प्लेक्समा एसएनए मार्ट तथा एसएनएस क्याफे शुक्रवारदेखि सञ्चालनमा आएको हो ।
सुदूरपश्चिमकै पहिलो पुस्तक पसलका रुपमा चिनिने चौधरी बुक डिपोका सञ्चालक चौधरीले होटल, पब्लिकेसन्स, पुस्तकसंगै मार्ट र रेष्टुरेण्ट व्यवसायमा समेत हात हालेका हुन् ।
‘धनगढीका बासिन्दालाई काठमाडौँका तारे होटलको स्वाद दिने हाम्रो कोसिस हो । हामीसंग अनुभवी र नेपालका पाँच तारे होटलहरुमा काम गरिसकेका ‘सेफ’ हरु छन्,जसले स्वादिष्ट परिकारहरु पस्किनेछन्, एसएनएस मार्ट तथा एसएनएस क्याफेका प्रबन्ध निर्देशक सञ्जय चौधरीले भने, ‘एक साथ ७५ जना अट्ने क्षमताको रेष्टुरेण्ट भित्र बेकरीका साथै भेज तथा ननभेजका परिकारहरुको स्वाद लिने व्यवस्था मिलाएका छौ ।’
उनले ग्राहकहरुले एकै छाना मुनि सञ्चालित पुस्तक, रेष्टुरेन्ट, मार्ट, केल्मी ब्राण्डको सुबिधा लिन पाउने बताए ।उद्घाटनको अवसरमा ग्राहकहरुलाई कतिपय सामानमा ५० प्रतिशत छुट र कतिपय सामान एउटा खरीद गर्दा अर्को सित्तैमा उपलब्ध गर्ने बताइएको छ ।
२९ साउन २०७८, शुक्रवार १४:३२ बजे प्रकाशित































