punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौद्रिक नीति सार्वजनिक गरिँदै

Chaupati
safha napa

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ ।राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नीति पारित गरेको हो ।

आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवर्द्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।

सोही सन्दर्भमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो ।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनका कारण ढिलो भएको हो ।

नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।


२९ साउन २०७८, शुक्रवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु