punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा नगद सहित ८ जुवाडे पक्राउ

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका –१ मनहराबाट ८ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले मनहरा स्थित सोही ठाउँका गणेश मडैको पसलबाट जुवा तास खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ मनहरा बस्ने ५० वर्षीय खडक खडका, सोही ठाउँका २५ वर्षीय गणेश मडै, ३८ वर्षीय कृष्ण बहादुर विष्ट , ३१ वर्षीय दुर्गा दत्त भट्ट, ५२ वर्षीय एकेन्द्र देउवा, ४६ वर्षीय प्रदीप पन्त, ५० वर्षीय दिर्घराज अवस्थी र ४० वर्षीय महेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूको साथ वाट ५४ हजार ७४० रुपैंया नगद सहित ७ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए ।पक्राउ परेका व्यक्तिहरू माथि थप अनुसन्धान भइरहेको उनले बताए ।


२९ साउन २०७८, शुक्रवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु