punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चेल्सीले जित्याे युईएफए सुपर कपकाे उपाधि

Chaupati
safha napa

इङ्ग्लिस क्लब चेल्सीले युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ । आयरल्यान्डमा गएराति भएको ४६ औँ संस्करणको फाइनलमा स्पेनिस क्लब भियारियललाई सडेन डेथमा पराजति गर्दै चेल्सीले युईएफए सुपर कपको उपाधि हात पारेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि अन्तिम परिणामका लागि पेनाल्टी सुटआउट हुँदै सडेन डेथसम्म नै कुर्नुपरेको थियो । २७औँ मिनेटमा चेल्सीका हाकिम जियाचले गोल गरेका थिए ।

तर, ७३औँ मिनेटमा भियारियल जेरार्ड मोरेनोले बराबरी गोल फर्काए ।चेल्सिले यसअघि सन् १९९८ मा पनि सुपरकपको उपाधि जितेको थियो ।

च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले सुपर लिग खेल्छन् । चेल्सीले गत सिजनको च्याम्पियन्स लिग जितेको थियो भने भियारियल युरोपा लिग च्याम्पियन हो ।

 


२८ साउन २०७८, बिहीवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु