ईटहरीका मेयर द्वारिकलालले आफूलाई थुनेको सेवाग्राहीको दाबी
ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफूलाई नगरपालिकाको कार्यालयमा बोलाएर थुनेको एक सेवाग्राहीले बताएका छन् ।
इटहरी–४ का यामप्रसाद ढकालले मेयर चौधरीले आफ्नो कार्यालयमा बोलाएर थुनेको बताएका हुन् ।सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर ढकाललाई कार्यालयमा बोलाएका मेयर चौधरीले कार्यलयमा पुगेपछि घर भत्काउन भनेको तर आफूले नमानेपछि आफूलाई थुनेर भागेको ढकालले बताए ।
मेयर चौधरीले गएको मंगलबार इटहरी– १३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका थिए । मेयर चौधरी समयसमयमा चर्चा र विवादमा आइरहने पात्र हुन् ।
२७ साउन २०७८, बुधवार २०:२२ बजे प्रकाशित






























