punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने डोटीका एक युवक पक्राउ

Chaupati
safha napa

आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भनी ठगी गर्ने डोटीका एक व्यक्ति पक्राउ परेका छन् ।

निजामती कर्मचारीको पोशाक लगाएर कार्यालयको नाम दुरुपयोग गरेको आरोपमा डोटीको केआईसिंह गाउँपालिका–६ घर भई काठमाडौं कीर्तिपुरमा बस्ने २६ वर्षीय किशोर÷कुशल भट्ट भनिने केशवराज भट्ट पक्राउ परेका हुन् ।

आफूले नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी विभिन्न व्यक्तिहरूलाई अनेक बहानामा झुक्याई व्यक्तिगत लाभ लिने उद्देश्यले ठगी गरिरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले बताए ।

भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको खापुङले बताए । यसअघि पनि भट्टलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


२७ साउन २०७८, बुधवार २०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु