आफूलाई यसरी बदल्दै नायक पुष्प

चलचित्र ‘अझै पनि र दर्पण छाया २’मा काम गर्दा नायक पुष्प खड्काले त्यति चर्चा पाउन नसकेपनि अहिले चर्चामा आएका छन् । उनी चलचित्र मंगलमबाट हिट भएका हुन् ।

उनीसँगै यो क्षेत्रमा प्रवेश गरेका कलाकारहरुको करिअर चम्किरहँदा पुष्प भने भोली करिअर कसरी अगाडि बढ्छ भन्ने अन्यौलमा चलिरहेका थिए ।

तर चलचित्र ‘मंगलम’मा काम गरेपछि उनको कामको मुल्यांकन भयो । ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भएपछि पुष्पलाई दर्शकले पनि चिन्न थाले ।

पुष्पले म्यूजिक भिडियोमा पनि काम गरिरहेका थिए । चलचित्र र म्यूजिक भिडियोमा अभिनय गर्दै अगाडि बनेका उनको कामको मुल्यांकन हुन समय लाग्यो । पुष्पको अभिनय, डान्स र लुक्सको तारिफ हुन थालेपछि उनको व्यस्तता बढ्यो ।

चलचित्र क्षेत्रमा पनि उनीमाथि लगानी गर्ने निर्माताहरु बढ्न थाले । आजको दिनमा पुष्प खड्काको करिअर मात्र बदलिएको छैन उनी पनि बदलिएका छन् । केही हप्ता अगाडि ‘कमेडी च्याम्पियन’मा अतिथी बनेर पुग्दा पुष्प खड्का चर्चामा रहे ।

उनीमाथि गरिएको कमेडी र उनको प्रतिक्रियाले सामाजिक संजालमा हंगामा नै मच्चायो । यस्तै, ७० लाखको गाडी किनेपछि पुष्प खड्का चर्चामा रहे ।


२६ साउन २०७८, मंगलवार १४:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु