punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ

Chaupati
safha napa

आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जना कैलालीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गौरीगङ्गा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा चेकजाँच गर्ने क्रममा दुई जनाले मोटरसाइकलमा बोकेर ल्याएको तीनवटा कार्टुनको खानतलासी गर्दा ७७ रोल आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर फेला परेका थिए ।

प्रहरीले तत्कालै ना.३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक १९ वर्षीय संजित कुमार र २० वर्षीय रिङ्कु कुमारलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरू मध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भएका स्टिकर पटक–पटक दोहोरिएको पाइएको थियो । उक्त स्टिकर जिल्ला कैलाली गौरीगङ्गा नगरपालिका–७ मसुरियास्थित रहेको वेष्टर्न लिकर्स प्रा.लि.बाट ल्याइ उनीहरू बस्ने कोठामा छाप लगाउन लिन लागेको भन्ने खुल्न आएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

लगत्तै उनीहरू बस्ने कोठामा गएर खानतलासी गर्दा 70 UP 300 ml लेखिएको छाप ३ थान, स्ट्याम्प प्याड ३ थान र मसी समेत बरामद गरिएको थियो । कोठामा रहेका रौतहटका ४० वर्षीय राज कुमार शाह, पर्साका ५५ वर्षीय विजय गुप्ता र भारतका २२ वर्षाका सुरेश कुमारलाई समेत नियन्त्रणमा लिइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएकोले आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसँग समन्वय गरी वेष्टर्न लिकर्स प्रा.लिको स्टिकर भण्डारण गरिएको कोठा समेत सिल गरी आन्तरिक राजश्व कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको विष्टको भनाइ छ ।


२६ साउन २०७८, मंगलवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु