punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा स्कार्पियो दुर्घटना, चार जना घाइते

Chaupati
safha napa

कैलालीमा स्कार्पियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटनामा अछाम साँफेबगर नगरपालिका–१ का २९ वर्षीय स्कार्पियो चालक गोपी धामी, वडा नम्बर ५ का ४७ वर्षीय रमेश बुढा, वडा नम्बर ६ का ३१ वर्षीय मुकुन्द रावल र ५१ वर्षीय धनकला रावल घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये स्कार्पियो चालक गोपीको अवस्था गम्भीर छ।

अछामदेखि धनगढी आउँदै गरेको सु.प.प्र. ०१००१ च २६५८ नम्बरको स्कार्पियो कैलालीको चुरे गाउँपालिका–३ सल्लेघारीमा अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। घाइतेलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको उनले बताए।


२६ साउन २०७८, मंगलवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु