थप ३६५१ जनामा कोरोना‚२२ को मृत्यु

नेपालमा सोमबार थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार ४४५ पीसीआर परीक्षणका क्रममा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १० हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै सोही अवधीमा थप १ हजार ७ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७१ हजार ८३ जना कोरोनामुक्त भएका छन् ।


२५ साउन २०७८, सोमवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु