punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव फेला

Chaupati
safha napa

गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको बीच भागमा सलामीमगरको शव फेला परेको थियो ।तत्काल पहिचान हुन नसके पनि उनका श्रीमान करन सलामीमगरले सनाखत गरेका हुन् ।

उनको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामीमगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए ।दुर्घटनामा परेर घाइते भएकी मोहन्याल–३ कै धनसरा सलामीमगरको मृत्यु भएको छ ।


२५ साउन २०७८, सोमवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु