मेस्सीको पत्रकार सम्मेलन :पौने ३ घण्टा अगाडि नै झुम्मिए दर्शक
विश्वका चर्चित फुटबल स्टार मेस्सीले २१ वर्ष व्यवसायिक फुटबल खेलेको स्पेनिस क्लब बार्सिलोनाबाट बिदा हुँदैछन् । बार्सिलोनाबाट बिदाइबारे आफ्ना धारणा राख्न आइतबार मेस्सीले पत्रकार सम्मेलन गर्दैछन् ।
स्थानीय समयअनुसार मध्यान्ह १२ बजे क्पाम्प नोउमा पत्रकार सम्मेलन सुरु गर्दैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे मेस्सीको पत्रकार सम्मेलन सुरु हुँदैछ ।
बार्सिलोनाको आधिकारिक युट्युब च्यानलबाट समेत मेसीको पत्रकार सम्मेलनको लाइभ दिने तयारी भएको छ ।
मेस्सीको पत्रकार सम्मेलन सुरु हुन पौने ३ घण्टा समय बाँकी हुँदै विश्वभरका उनका समर्थकहरु बार्सिलोनाको युट्युब च्यानलमा झुम्मिएका छन् ।
बार्सिलोनाको युट्युब च्यानलमा मेस्सीको पत्रकार सम्मेलनको टाइटल राखेर प्रतीक्षामा राखिएको छ। करिब पौने ३ घण्टा बाँकी हुँदै मेसीको पत्रकार सम्मेलनको प्रतीक्षामा १९ सय भन्दा बढी दर्शक आइसकेका छन् । बढ्ने क्रम जारी छ ।
२४ साउन २०७८, आइतवार १३:५५ बजे प्रकाशित































