punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवालाई विश्वासको मत दिने वा नदिने विषयमा नेपाल समूहमा लफडा

Chaupati
safha napa

प्रधानमन्त्री भएको केही दिनमै शेरबहादुर देउवाले विश्वासको मत लिन खोजेपछि एमालेको माधव नेपाल पक्षमा थप संकट देखिएको छ । एमाले विवाद मिलाउने प्रयत्न जारी हुँदै गर्दा हतारमा विश्वासको मत लिने तयारी भएको भन्दै अहिलेसम्म नेपाल पक्षमा रहेका भीम रावलसहितका नेताहरु असन्तुष्ट रहेको बुझिएको छ ।

पार्टीभित्र केपी ओलीलाई स्थायी कमिटी र संसदीय दलको बैठकसमेत रोक्न आह्वान गर्दै आएको नेपाल पक्षका दोस्रो तहका नेताहरु विश्वासको मत लिने काम हतारमा गरिएको भन्दै नेता नेपालसँग पनि असन्तुष्ट भएका हुन् । यस अघिको कार्यदलमा रहेका भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य नेपालसँग असन्तुष्ट रहेको बताइन्छ ।

पछिल्ला केही दिनदेखि नेता रावल आफूसँग असन्तुष्ट रहेको छनक पाएपछि नेता नेपालले विश्वासको मतमा २३ जनामा एक दुईले छोडे पनि थप १० जना सांसद जुटाउने आश्वासन सत्तारुढ गठबन्धनलाई गराएका थिए । गठबन्धनको बैठक शनिबार राति बसेको थियो ।

नेपाल पक्षीय नेता भीम आचार्यले हतारमा विश्वासको मत लिनुलाई एमाले फुटाउने षडयन्त्र भएको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन् । यता कार्यव्यवस्था परामर्श समितिको बैठककमा समेत एमालेका सांसदहरुले विश्वासको मत आज नभई अर्को दिन लिन माग गरेका थिए ।

साथै एमाले मिलाउन यस अघि गठित भइ खारेज भइसकेको कार्यदलका सदस्यहरु फेरि छलफलमा जुटेका छन् । कोटेश्वरमा भएको छलफलमा एमालेमा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र ओली पक्षबाट विष्णु पौडेल र सुवास नेम्वाङसहितका नेताहरु सहभागी रहेको बताइएएको छ ।

पछिल्लो समय एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भए पनि अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका थिए । पार्टी मिलाउन गरिएको १० बुँदे सहमति मान्न आफू तयार रहँदै आएको सन्देश ओलीले दिएका छन् । तर, माधव नेपाल अपराधी भएको भन्दै उनीबाहेकका नेतालाई मात्रै एमालेमा स्वागत गर्ने भनेपछि नेपाल उनीसँग थप बिच्किएका छन् ।

देउवालाई विश्वासको मत दिएर संसद् अबको ढेढ वर्ष ढुक्कले चल्ने भएपछि एमालेमा आफूहरुको बार्गेनिङ पावर झन् बढ्ने भन्दै विश्वासको छिट्टै दिएर जाने पक्षमा नेता नेपाल लागेका छन् ।

रावलसहितका सुरेन्द्र पाण्डेहरुले भोट नदिए पनि सरकार टिकाउन कुनै हालतमा विश्वाको मत पुग्ने गरी नेपाल पक्षका सांसदहरुले लागिरहेका छन् । विरोध खतिवडा, मेटमणि चौधरीसहितका नेताहरु खुलेर लागेका छन् । यसैबीच एमाले नेता झलनाथ खनालले पनि विज्ञप्ति जारी गर्दै देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।


३ साउन २०७८, आइतवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु