प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो ।

यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् ।

विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ ।

प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

 


३ साउन २०७८, आइतवार १२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु