punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्दियामा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु

Chaupati
safha napa

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनको शव आइतबार बिहान ८ बजे वडा नम्बर ६ स्थित ओरही पुलदेखि करिब ५ सय मिटर तल फेला परेको हो। उनी शनिबारदेखि बेपत्ता थिए। शनिबार उनी शिवपुरफाँटा सामुदायिक वनमा भैंसी चराउन गएका थिए। उनीसँगै गएका व्यक्तिहरू फर्किएपनि गोरे रातिसम्म फर्किएका थिएनन्।

फेला नपरेपछि अस्थाई प्रहरी पोष्ट बकुवामा प्रहरीलाई खबर भएको थियो। सो खबरसँगै बर्दिया राष्ट्रिय निकुञ्जबाट जम्दार जयबहादुर चन्दको कमाण्डमा ८ जना र तीन वटा हात्तीसहितको टोली खटिएको थियो।

खोजी गर्ने क्रममा उनको बिहान शव फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताए। बाघको आक्रमणले थापाको टाउ, शरीर र खुट्टा छुट्टिएको थियो। रातिदेखि हात्तीसहितको टोलीले खोजी गरेपछि आज बिहान शव फेला परेको हो ।


३ साउन २०७८, आइतवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु