punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घाटा भएको भन्दै टीकापुर खानेपानीको महशुल तीन गुणा बढाइयो

Chaupati
safha napa

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ। मासिक घाटा कम गर्न भन्दै संस्थाले प्रतियूनिट ५० रुपैयाँबाट बढाएर १५० पुर्‍याएको छ।

महशुल बढाएसंगै संस्थाले प्रतियूनिट पानीको मात्रासमेत वृद्धि गरेको छ। यसअघि ८ हजार लिटर प्रतियूनिट रहेकोमा अबदेखि प्रति यूनिटमा १० हजार लिटर गणना हुनेछ।

संस्थाले व्यहोर्दै आएको मासिक घाटालाई कम गर्न पानीको महशुल दर बढाउनु परेको अध्यक्ष भैरव रावलले जानकारी दिए। उनले हाल संस्थाले मासिक नौ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको बताए। उनका अनुसार संस्थालाई १६ करोड १० लाख रुपैयाँ ऋण छ। उसले खानेपानी आयोजना सम्पन्न गर्न २०७२ सालमा नगर विकास कोषसँग १३ करोड रुपैयाँ ऋण लगेको थियो।

यो आयोजना ५३ करोड ४० लाख ३६ हजार ७२६ रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न भएको हो। आयोजनामा ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत नगर विकास कोषको ऋण र ५ प्रतिशत उपभोक्ताको लगानी रहेको छ।

अध्यक्ष रावलले हालै बढाइएको पानीको महशुल अन्य ठाउँको तुलनामा कम रहेको दावी गरे। उनका अनुसार अन्यत्रका खानेपानी आयोजनामा मासिक प्रतियूनिट १६५ रुपैयाँ भन्दा बढी महशुल दर तोकिएको छ। ७ हजार २३६ उपभोक्ता आवद्ध रहेको संस्थाले हाल दैनिक ४५ लाख लिटर पानी उत्पादन गर्दै आएको छ


१ साउन २०७८, शुक्रवार १६:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु