punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ।

पजिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ६ नारायनपुरबाट १४.९७ ग्राम ब्राउनसुगरसहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धनसिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

३१ गते साँझ उनीहरुलाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

उनीहरुको झोलाबाट प्लाष्टीकको झिल्लीभित्र लुकाई छिपाई राखेको अवस्थामा १४.९७ ग्राम (खैरो हिरोइन) लागुऔषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

उनीहरु दुबै जनामाथि लागुऔषध अन्तरर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।


१ साउन २०७८, शुक्रवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु