लगातारको वर्षाले धनगढीका अधिकांश क्षेत्र जलमग्न

धनगढी । आज बिहानदेखि परिरहेको लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न भएका छन । मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न हुदैं आएका छन ।

उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नहुँदा डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ । वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् ।


१ साउन २०७८, शुक्रवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु