आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव
आज महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरू लगायतमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज नारायणी र यसका सहायक नदीहरू (त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, काली गण्डकी) लगायतमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने सम्भावना छ ।
महाशाखाले यी क्षेत्रहरूमा सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

१ साउन २०७८, शुक्रवार ११:४० बजे प्रकाशित













